काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ६६१ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ७९४ जना छन्।
पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंमा ८०, मकवानपुरमा १७, ललितपुर, भक्तपुर, चितवन तथा काभ्रेमा ९/९, दोलखामा पाँच, रामेछापमा तीन र सिन्धुली तथा रसुवामा एक/एक जना छन्।
अहिलेसम्म प्रदेशमा ६४१ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमित दुई हजार तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।
यस्तो छ संक्रमितको जिल्लागत विवरण
काठमाडौं – १४४२
ललितपुर – २२९
भक्तपुर – ११९
रसुवा – १३
नुवाकोट – ६८
धादिङ – १६०
चितवन – १८९
सिन्धुली – ५१
मकवानपुर – १६७
रामेछाप – ५४
दोलखा – २५
काभ्रे – ६०
सिन्धुपाल्चोक – ८०
