बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, २१ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, २१ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा (हिजो) शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा (हिजो) शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

यसअघि हिजो बिहान ११ जनाको शव भेटिएको थियो। मृतकको सनाखतपछि आजै अन्तेष्टि पनि गरिएको छ।

यस्तै, आज दिउँसो पाँच जनाको शव भेटिएको थियो। साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरी कार्यालयका अनुसार आज स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया बिमला दोङ र सात महिने कबीर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३७ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए।

पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 15, 2020| 19:57 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।