बिहीबार, भदौ ११, २०८३

प्रदेश १ सरकारसँग प्रेस युनियनका ९ सुत्रीय माग

प्रेस युनियन प्रदेश १ का विभिन्न जिल्ला अध्यक्षहरुले कोरोनाका कारण पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै सरकार समक्ष ९ सुत्रीय माग अघि सारेका छन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

विराटनगर- प्रेस युनियन प्रदेश १ का विभिन्न जिल्ला अध्यक्षहरुले कोरोनाका कारण पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै सरकार समक्ष ९ सुत्रीय माग अघि सारेका छन्।

युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न १० जिल्लाका अध्यक्षहरुको सहभागितामा शनिबार भएको अनलाइन संवादबाट साझा धारणा तय ९ सुत्रीय माग प्रस्तुत गरेको हो।

युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड-१९ परीक्षण दर बढाउन र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आइसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न माग गरेको छ।

कोभिड-१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामूलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न सरकारसँग माग गरिएको सुनसरीका युनियन अध्यक्ष पवन अधिकारीले बताए।

कोरोना भाइरस संक्रमणका कारण बन्द भएका र सञ्चालनमै समस्या भइरहेका अनलाइन, रेडियो र भिटी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न, साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगे पनि स्वतः नवीकरण हुने व्यवस्था गर्न, महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न युनियन अध्यक्षहरुले माग गरेको छ।

प्रकाशित: Aug 15, 2020| 19:30 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।