बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीका ९ सहित सुदूरपश्चिमका १५ जनामा कोरोना पुष्टि

कैलालीका ९ सहित सुदूरपश्चिमका १५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९९४ पुगेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेलधुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ६२९ जनाको परीक्षणमा कैलालीका नौ र कञ्चनपुरका चार जनामा संक्रमण देखिएको बताए।

कैलालीको धनगढी उपमहानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिका वडा नम्बर ८ का तीन महिला, गोदावरी नगरपालिका वडा नम्बर १० का एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० का दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ का एक पुरुषमा संक्रमण देखिएको छ।

डडेलधुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा २२६ जनाको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशालाका इन्चार्ज ईश्वरी भुषालले बताए।

भुषालका अनुसार डडेलधुराको अमगरगढी नगरपालिका वडा नम्बर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा एक हजार २९८ जना, डोटीमा ७९५, अछाममा ७३७, बाजुरामा ६२३ र कञ्चनपुरमा ५८४ जना, डडेलधुराका ३१३, बैतडीका ३०१, बझाङका २९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका चार हजार १५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 15, 2020| 18:19 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।