बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चाेक पहिरो प्रकरणमा कांग्रेसको प्रश्न : राज्यको ब्यस्तता कि बेवास्ता ?

सिन्धुपाल्चाेक पहिरो प्रकरणमा कांग्रेसको प्रश्न : राज्यको ब्यस्तता कि बेवास्ता ?

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका नागरिकले सहयोग माग्दा राज्यले बेवास्ता गरेको प्रति प्रश्न तेस्र्याएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका नागरिकले सहयोग माग्दा राज्यले बेवास्ता गरेको प्रति प्रश्न तेस्र्याएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक नोट जारी गर्दै प्रश्न गरेका छन्, ‘जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?’

पहिरोको जोखिममा रहेका नागरिकले केही दिनअघि आफूहरु बसेको क्षेत्र जोखिममा रहेको र सहयोग गरिदिनुपर्यो भन्दा राज्यले नसुनेको कांग्रेसको कांग्रेसको आरोप छ। नोटमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहंदा घटनासँग गाँसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली कांग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ।’

प्रवक्ता शर्माले अगाडि भनेका छन्, ‘जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो।’

सरकारले उक्त क्षेत्रका नागरिकहरुको सहयोगका याचनालाई बेवास्ता गरेको र समस्या सुल्झाउन हेल्चक्र्याईँ गरेको प्रवक्ता शर्माको टिप्पणी छ।

उनले अगाडि भनेका छन्, ‘हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?’

प्रवक्ता शर्माले कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको आरोप लगाएका छन्।

प्रकाशित: Aug 15, 2020| 17:55 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।