बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओेली र मोदीबीच टेलिफोन वार्ता, छिमेकलाई प्राथमिकता नीतिको ओलीद्वारा सराहाना

ओेली र मोदीबीच टेलिफोन वार्ता, छिमेकलाई प्राथमिकता नीतिको ओलीद्वारा सराहाना

भविष्यमा दुई पक्षीय मामिलामा वार्ता गर्न दुवै प्रधानमन्त्री तयार रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्।

ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई टेलिफोन गरेर नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारत सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिएको पराराष्ट्र मन्त्रालयले जनाएको छ।

स्वतन्त्रता दिवसका अवसरमा मोदीले गरेको सम्बोधनमा छिमेकलाई प्राथमिकतामा राखेको बताएकोमा ओलीले सरहाना पनि गरे। आगामी दिनमा अर्थपूर्ण दुईपक्षीय सहयोगको अपेक्षा समेत ओलीले गरेको पराराष्ट्रले जनाएको छ।

परराष्ट्रको विज्ञप्तिमा दुई प्रधानमन्त्रीबीच कोभिड– १९ नियन्त्रणका लागि मिलेर काम गर्नेबारे समेत कुराकानी भएको उल्लेख छ। ओलीले कोभिड– १९ नियन्त्रणका लागि भ्याक्सिनको आवश्यकतामाथि जोड दिदै भारतसहित विश्वका वैज्ञानिकहरुले चाँडै भ्याक्सिन निर्माण गर्ने अपेक्षा राखेका थिए।

उता भारतको विदेशमन्त्रालयले पनि दुवै प्रधानमन्त्रीले कोभिड–१९ को असर न्यूनीकरणका लागि ऐक्यबद्ध प्रयास जारी राख्नेबारे कुराकानी गरेको उल्लेख गरेको छ ।

मोदीले कोभिड–१९ नियन्त्रणमा नेपाललाई भारतको निरन्तर सहयोग रहनेसमेत बताएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मोदीले टेलिफोनका लागि ओलीलाई धन्यवाद दिँदै दुई देशबीचको सभ्यता र सांस्कृतिक संम्बन्धका बारेमा स्मरण गराएको समेत विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारत संंयुक्त राष्ट्र संघको अस्थायी सदस्यमा निर्वाचित भएकोमा पनि ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

भविष्यमा दुई पक्षीय मामिलामा वार्ता गर्न दुवै प्रधानमन्त्री तयार रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Aug 15, 2020| 17:12 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।