बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘संक्रमितसँग भेटे पनि ५ दिनभित्र कोरोना परीक्षण नगर्नुस्’

‘संक्रमितसँग भेटे पनि ५ दिनभित्र कोरोना परीक्षण नगर्नुस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट हिस्ट्री’ वा ‘ट्राभल हिस्ट्री’ का आधारमा तत्काल कोरोना परीक्षण नगराउन आग्रह गरेको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट हिस्ट्री’ वा ‘ट्राभल हिस्ट्री’ का आधारमा तत्काल कोरोना परीक्षण नगराउन आग्रह गरेको छ।

कतिपय ठाउँमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा आजको आजै कोरोना परीक्षणका लागि स्वाब दिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै मन्त्रालयले कुनै संक्रमितसँग भेट भएको आधारमा तत्कालै स्वाब नदिन आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ५ दिनसम्म स्वाब नदिन आग्रह गरे। संक्रमितसँग भेट भएको भए ५ दिनसम्म होम क्वारेन्टिनमै बस्नु पर्ने उनले बताए।

५ दिनअगाडि दिइएको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आउन सक्ने र त्यसपछि संक्रमण फैलिन सक्ने भएकाले ५ दिनभित्र स्वाब नदिन मन्त्रालयले आग्रह गरेको हो।

प्रकाशित: Aug 15, 2020| 16:50 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।