काठमाडौं- सरकारले देशभरका सबै मेडिकल कलेजहरुलाई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ।
सबै मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको एक तिहाई हुन आउने बेड संख्या छुट्याएर तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
यस्तै मन्त्रालयले कोरोना संक्रमित सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार भएको भन्दै यस्तो नगर्न आग्रह गरेको छ। कसैले दुव्र्यवहार गरेको थाहा पाए कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ।
यसैबीच मन्त्रालयले सरकारको स्वीकृती बिना कुनै पनि सभा समारोह नगर्न आग्रह गरेको छ।
