बिहीबार, भदौ ११, २०८३

बाग्मती प्रदेशका मुख्यमन्त्रीसहितको टोली लिदीमा

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा गएको पहिरो स्थलको निरीक्षण र पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बाग्मती प्रदेशका मुख्यमन्त्रीसहितको टोली लिदी पुगेको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा गएको पहिरो स्थलको निरीक्षण र पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बाग्मती प्रदेशका मुख्यमन्त्रीसहितको टोली लिदी पुगेको छ।

मुख्यमन्त्री डोरमणी पौडेल प्रदेशका आन्तरिक मामिला मन्त्री, सांसद र सुरक्षा प्रमुखहरुको टोली लिएर केहीबेरअघि घटनास्थल पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले मुख्यमन्त्रीसहितको टोली भर्खरै घटनास्थलमा पुगेको जानकारी दिए।

बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री पौडेलले घटनास्थलको निरीक्षण गर्नुका साथै प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउने कार्यक्रम छ।

शुक्रबार बिहान गएको पहिरोमा पुरिएर ३८ जना बेपत्ता भएका हुन्। ११ जनाको शव भेटिएको छ। बाँकी २७ जनाको खोजी जारी छ। पहिरोले त्यहाँका ३७ घर पुरिएका छन्।

प्रकाशित: Aug 15, 2020| 10:04 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।