बिहीबार, भदौ ११, २०८३

नेकपाको कार्यदलले आजदेखि काम थाल्ने

कार्यदलको पहिलो बैठक आज दिउँसो साढे १२ बजे महासचिव एवम् कार्यदल संयोजक विष्णु पौडेलको निवासमा बस्ने तय भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले आज शनिबारदेखि गृहकार्य सुरु गर्ने भएको छ।

कार्यदलको पहिलो बैठक आज दिउँसो साढे १२ बजे महासचिव एवम् कार्यदल संयोजक विष्णु पौडेलको निवासमा बस्ने तय भएको छ।

शुक्रबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टीको समस्या समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो।

कार्यदलमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई दुई जना सदस्यहरु छन्।

महासचिव पौडेलसहित ओली पक्षबाट प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहालका तर्फबाट स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसाल, नेपालका तर्फबाट स्थायी कमिटी सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन्।

कार्यदल गठन भएपछि सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा कार्यदल संयोजक एवम् महासचिव विष्णु पौडेलले पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिएको र कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा अध्यक्षद्वयले पार्टी कमिटीका बैठकमा पेश गर्ने बताएका थिए।

पार्टीभित्र देखिएको समस्या के हो, समाधान के हुन सक्छ भन्ने विषयमा कार्यदल छलफल गरेर प्रतिवेदन बुझाउने छ।

असार १० गतेदेखि शुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा दाहाल–नेपाल समूहले ओलीको राजीनामा माग गरेपछि उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद टुंगो लाग्ने संकेत देखिएको छ।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले ५ दिनभित्रमा पार्टीभित्र देखिएको विवाद समाधान हुने बताए लगत्तै बिहीबार र शुक्रबार दुई अध्यक्षबीच भेटवार्ता भएको थियो। लगत्तै दुवै अध्यक्ष कार्यदल बनाएर विवाद समाधान गर्न सहमत भएका थिए।

प्रकाशित: Aug 15, 2020| 09:59 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।