बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत, सामूहिक दाहसंस्कार गर्ने तयारी

पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत, सामूहिक दाहसंस्कार गर्ने तयारी

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ।

शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएका मध्ये ११ जनाको शव भेटिएको थियो। अझै २७ जना पहिरोमा पुरिएर बेपत्ता छन्। उनीहरुको खोजी शनिबार पनि जारी राखिएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार पाँच बालक, चार पुरुष र दुई महिलाको शव भेटिएको हो।

सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पहिरोमा परी ज्यान गुमाउनेमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन्। ११ जनाकै सामूहिक दाहसंस्कार गरिने भएको छ।

जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले पहिरोबाट प्रभावित भएका ४० घरका लागि आवश्यक त्रिपाल, खाद्यान्नको व्यवस्था गरिएको जानकारी दिइन्।

गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर शुक्रबार नै घटनास्थल पुगेका थिए।

जिल्ला विपद व्यवस्थापन समितिबाट ३७ घरका लागि प्रतिघर १५ हजार रुपैयाँ सहयोग गरिएको छ। पहिरो निरिक्षणका लागि शुक्रबार बिहान सभामुख अग्निप्रसाद सापकोटा पनि लिदी पुगेका थिए।

प्रकाशित: Aug 15, 2020| 09:55 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।