बिहीबार, भदौ ११, २०८३

युवक हत्यामा संलग्नको आशंकामा तीन पक्राउ

मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए।

चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

मनमैजुको मितेरी पुल नजिकै हत्या भएको थियो। हत्या संलग्न मुख्य अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ।

“तीन जना युवकलाई नियन्त्रणमा लिएका छौं। मुख्य अभियुक्त खोजी भइरहेको छ,” एसएसपी ज्ञवालीले भने। 

उनीहरु घटना भएको समयमा त्यही भएको प्रहरीले जनाएको छ।

हत्या भएपछि दोर्जे नाम गरेका युवक भने फरार छन्। उनी ट्याक्सी चढेर भागेको बताइएको छ। उनीहरु सुकुम्वाासी टोलमा बस्दै आएको खुलेको छ।

प्रकाशित: Aug 15, 2020| 09:48 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।