बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा २५१८ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १६९६

बाग्मतीमा २५१८ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १६९६

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ५१८ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ६९६ जनामा संक्रमण भएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ५१८ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ६९६ जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा ८३, ललितपुरमा ३०, चितवनमा १४, सिन्धुलीमा ११, मकवानपुरमा सात, भक्तपुरमा ६ र धादिङ, नुवाकोट, सिन्धुपाल्चोक तथा दोलखामा एक/एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६३८ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमित एक हजार ८६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – १३६२
ललितपुर – २२०
भक्तपुर – ११४
रसुवा – १२
नुवाकोट – ६८
धादिङ – १६०
चितवन – १८०
सिन्धुली – ५०
मकवानपुर – १५०
रामेछाप – ५१
दोलखा – २०
काभ्रे – ५१
सिन्धुपाल्चोक – ८०

प्रकाशित: Aug 14, 2020| 21:49 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।