काठमाडौं- दोलखामा आज रातिदेखि एक सातासम्मका लागि लकडाउन गरिएको छ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिकामा कोरोना फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि भदौ ६ गतेसम्मका लागि लकडाउन गरेको हो।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले गौरीशंकर गाउँपालिकामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पाँच जनामा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन लकडाउन गरिएको जानकारी दिए।
उक्त गाउँपालिकामा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका ८३ जनाको कोरोना परीक्षण गरिएको थियो।
