काठमाडौं- कपिलवस्तुमा आज (शुक्रबार) सात प्रहरीसहित २८ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरुमध्ये प्रहरी र बैंक तथा वित्तीय संस्थाका कर्मचारी सात/सात, विद्यार्थी ६ रस्वास्थ्यकर्मी दुई जना छन्।
यस्तै, बस व्यवसायी, गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, गृहिणी र समुदायस्तरका एक/एक जनामा संक्रमण देखिएको छ। सुद्धोधन गाउँपालिकाका एक जना पनि संक्रमित भएका छन्।
बैंकका कर्मचारीमध्ये ग्लोबल आइएमई तथा कृषि विकास बैंकका दुई दुई र मेघा बैंक, गुहेश्वरी फाइनान्स र तिनाउ मिसन बैंकका एक/एक जनामा संक्रमण देखिएको छ। यस्तै, कपिलवस्तु अस्पताल र वसन्तपुर हेल्थ पोस्टका एक एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
