बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाभित्र खेल्ने व्यर्थको कोसिस नगरे हुन्छ : महासचिव पौडेल

नेकपाभित्र खेल्ने व्यर्थको कोसिस नगरे हुन्छ : महासचिव पौडेल

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नेकपाभित्र आफ्नो अभिभारा के हो त्यो बुझ्न सक्ने सामर्थ रहेको भन्दै कसैलाई पनि नेकपाभित्र खेल्ने व्यर्थका कोसिस नगर्न आग्रह गरेका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नेकपाभित्र आफ्नो अभिभारा के हो त्यो बुझ्न सक्ने सामर्थ रहेको भन्दै कसैलाई पनि नेकपाभित्र खेल्ने व्यर्थका कोसिस नगर्न आग्रह गरेका छन्।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि पौडेलको संयोजकत्वमा दुई अध्यक्षले कार्यदल गठन गरेपछि सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा पौडेलले यस्तो बताएका हुन्। ‘नेकपा एकताबद्ध रहन्छ, यसले आफ्नो अभिभाराहरु सफलतापूर्व पुरा गर्दै अगाडि बढ्छ,’ उनले भने, ‘नेकपाभित्र बिग्रहको खोजी गर्ने शक्ति प्रवृत्ति र तत्वहरुलाई पनि प्रष्ट भन्न चाहन्छु । अब नेकपाभित्र खेल्ने व्यर्थका कोसिस नगरे हुन्छ।’

पार्टीको आन्तरिक जीवनमा यसअघि जे जस्ता समस्या देखा परे ती समस्याहरुको सकारात्मक समाधान खोज्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको उनले जानकारी दिए।

‘हामीभित्रका समस्याहरु हाम्रो नियन्त्रणभित्रै छन् हाम्रो काबु बाहिर छैनन्। यी समस्याहरु समाधान गर्न सक्ने सामथ्र्य हामीहरुसँग छ,’ पौडेलले भने, ‘ती समस्याहरुको समाधान गर्न सक्छौ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुग्नुभएको छ।’

कतिपय मानिसहरुले नेकपामा बिग्रहको जुन कल्पना गरेका थिए। आजका मितिदेखि कुनै प्रकारको बिग्रह नहुने पौडेलको दावी छ। ‘नेकपा एकताबद्ध भएर अगाडि बढ्छ र नेकपाको एकता अक्षुण रहन्छ भन्ने कुरा आजका मितिदेखि सुनिश्चित भएको छ,’ उनले भने, ‘पार्टीको जीवनमा जे जस्ता समस्या देखिएका छन्। ती समस्याहरुलाई संस्थागत ढंगबाट समाधान गर्ने हिसाबले गम्भीर हिसाबले हामी अगाडि बढ्छौं’।

दुईजना अध्यक्षको अधिकारलाई प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले समस्याहरु के हुन् र समाधान के हुन भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर प्रतिवेदन प्रस्तुत गर्ने बताए।

‘प्रतिवेदनसमेतलाई आधार मानेर अध्यक्षद्वयले समाधानका प्रस्तावहरु पार्टीका औपचारिक निकाय बैठकहरुमा प्रस्तुत गर्नुहुनेछ,’ महासचिव पौडेलले भने, ‘पार्टीका आन्तरिक जीवनका समग्र समस्या समाधान गर्दै हामीहरु अगाडि बढ्ने छौं।’

पार्टी र सरकारको कामलाई सँगसँगै प्रभावकारी भूमिकाका साथ राष्ट्रिय राजनीतिमा प्रस्तुत गरिने उनको भनाइ छ।

प्रकाशित: Aug 14, 2020| 18:37 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।