बिहीबार, भदौ ११, २०८३

सीआईबीका नाममा ठगी गर्न खोज्ने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का नाममा एक व्यापारीलाई ठगी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को नाममा एक व्यापारीलाई ठगी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र सीआईबीले पक्राउ गर्न थालेको भन्दै ५ लाख ठगी गर्न खोजेको अवस्थामा धादिङ, निलकण्ठ–१४ घर भई तारकेश्वर–११ नेपालटार बस्ने ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने अधिकारीले व्यापारीलाई मुद्दा रद्ध गरी पक्राउ गर्नबाट रोक्न प्रहरी निरीक्षकलाई ५ लाख दिए मिलाई दिने भन्दै ठग्न खोजेको व्यूरोले जनाएको छ।

अधिकारीले अरुलाई पनि ठगेको हुनसक्ने भएकाले अनुसन्धान भैरहेको व्यूरोले जनाएको छ। अधिकारीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त महाराजगंज पठाइएको छ।

प्रकाशित: Aug 14, 2020| 18:10 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।