बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोबाट विस्थापित ४० परिवारलाई राहत सामग्री प्रदान

पहिरोबाट विस्थापित ४० परिवारलाई राहत सामग्री प्रदान

गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पुगेर पहिरो विस्थापित ४० परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पुगेर पहिरो विस्थापित ४० परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका छन्।

काठमाडौंबाट तत्काल आवश्यक पर्ने राहत सामग्रीसहित हेलिकप्टर लिएर पुगेका थापाले राहत सामग्री उपलब्ध गराएका हुन्।

उनले तत्काल राहत वितरणका लागि वडाध्यक्ष प्रताप लामालाई २ लाख रुपैयाँसमेत उपलब्ध गराएका छन्। पालसेट, भाँडावर्तन, म्याट्रेस, बाल्टिन, पञ्जा, ग्यालिन, बल्यांकेट लगायतका सामग्री हेलिकप्टरबाट लगिएको थियो।

नेपाली सेनाको हेलिकप्टरमा गृहसचिव महेश्वर न्यौपाने, विपद् प्राधिकरणका सिईओ सहितको टोली लिएर गृहमन्त्री थापा पहिरोस्थल पुगेका थिए। उनले घटनास्थल निरीक्षण गर्दै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई उद्धारमा खटिन निर्देशन दिएका छन्।

आजै बिहान सभामुख अग्निप्रसाद सापकोटासमेत सिन्धुपाल्चोक पुगेका थिए। शुक्रबार बिहान गएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ। अहिलेसम्म ११ जनाको शव भेटिएको छ। अन्यको खोजी जारी छ।

 

प्रकाशित: Aug 14, 2020| 17:58 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।