बिहीबार, भदौ ११, २०८३

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो

बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ।

बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो।

बेपत्ता भएका भनिएका ३८ जनामध्ये २७ जना अझै बेपत्ता नै छन्। उनीहरुको खोजी कार्य जारी राखिएको छ। आज बिहान गएको पहिरोले ३७ घर पुरिएका हुन्। बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्।

शव भेटिएका ११ जनाको सनाखत भने हुन सकेको छैन। पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ।

प्रकाशित: Aug 14, 2020| 17:35 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।