बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोल पम्पको १ करोड बढी हिनामिनाको आराेपमा असई पक्राउ

पेट्रोल पम्पको १ करोड बढी हिनामिनाको आराेपमा असई पक्राउ

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। कार्कीले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा उक्त रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको पत्रअनुसार कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: Aug 14, 2020| 17:20 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।