बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतमा भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतमा भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाइ नहुने

कोरोना संक्रमण बढ्दै गएको भन्दै सर्वोच्च अदालतले भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाई रोक्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले शुक्रबार सूचना जारी गर्दै अदालतबाट प्रदान हुँदै आएका सेवामा कटौती गर्ने निर्णय गरिएको जानकारी दिएको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– कोरोना संक्रमण बढ्दै गएको भन्दै सर्वोच्च अदालतले भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाई रोक्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले शुक्रबार सूचना जारी गर्दै अदालतबाट प्रदान हुँदै आएका सेवामा कटौती गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

भदौ १५ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई हुने, गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाई हुनुपर्ने रिटको दर्ता र सुनुवाई मात्रै हुनेछ। त्यस्तै मुद्दा फिर्ता र मिलापत्रका काम मात्रै हुने सर्वोच्चले जारी गरेको सूचनामा भनिएको छ।

सर्वोच्च अदालतको ८ साउनको सूचना बमोजिम काठमाडौं उपत्यकाभित्रका सेवाग्राहीहरुले हदम्याद, म्याद र तारिखमा यस अदालतमा उपस्थित हुनुपर्ने अवस्थाको हकमा सोही बमोजिम हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ। सर्वोच्च अदालतका दुईजना न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँल होम क्वारेन्टिनमा बसिरहेका छन्।

खतिवडाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्। खतिवडासँगको इजलासमा रहेको भन्दै न्यायाधीश हरि फुयाँल पनि होम क्वारेन्टाइनमा बसेका छन्।

 

प्रकाशित: Aug 14, 2020| 17:15 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।