बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेड अभाव छ, निजी अस्पतालमा कोरोना पुष्टि भए पनि रेफर नगर्नू : स्वास्थ्य मन्त्रालय

बेड अभाव छ, निजी अस्पतालमा कोरोना पुष्टि भए पनि रेफर नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यका लगायत घना बस्ती भएका जिल्लाहरुमा कोभिड–१९ को उपचारको लागि बेडको अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं उपत्यका लगायत घना बस्ती भएका जिल्लाहरुमा कोभिड–१९ को उपचारको लागि बेडको अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बेड अभाव हुँदै गएपछि निजी अस्पतालहरुलाई २० प्रतिशत बेड कोभिडको लागि छुट्याउन आग्रह गरेको छ ।

कुनै पनि अस्पतालमा उपचार गराइरहेका बिरामीलाई कोभिड १९ पुष्टि भएमा मन्त्रालयको निर्देशन र हब अस्पतालको समन्वय बिना अन्य अस्पतालमा रिफर नगर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशन नभई अन्य अस्पतालमा रिफर गरे पनि कोभिडको लागि तोकिएका हब अस्पतालसंग समन्वय गर्न अनुरोध गरेको छ ।

कोभिड १९ अस्पतालहरुमा बेडको समस्या भएकाले कोभिड अस्पतालको समन्वयमा सोही अस्पतालमा उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालमा शुक्रबार ९८ जना कोरोना संक्रमित आईसियुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अन्य ४ जना संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोभिड १९ उपचारको लागि ९४२ आइसियु र ४९६ भेन्टिलेटर उपलब्ध छन् ।

प्रकाशित: Aug 14, 2020| 16:58 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।