बिहीबार, भदौ ११, २०८३

कोरोना कोषमा सनराइज बैंकको ७९ लाख ४४ हजार सहयोग

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि सनराइज बैंकले ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि सनराइज बैंकले ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकराज शर्माले शुक्रबार अर्थमन्त्री डा.युवराज खतिवडालाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम कोरोना कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले रकम सहयोग गरेको हो।

प्रकाशित: Aug 14, 2020| 16:11 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्