बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्ना विद्यार्थीलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको नेविसंघको आरोप

आफ्ना विद्यार्थीलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको नेविसंघको आरोप

नेपाल विद्यार्थी संघले आफ्ना केही विद्यार्थीलाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– नेपाल विद्यार्थी संघले आफ्ना केही विद्यार्थीलाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र जनकपुरमा गरी ९ जना विद्यार्थीलाई पक्राउ गरी झुटा मुद्दा लगाउन खोजेको भन्दै नेविसंघले तत्काल रिहाईको माग गरेको हो।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारको आडमा त्रिविविका उपकुलपतिले विद्यार्थी र प्राध्यापकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएका छन्।

‘साउन २७ गते त्रिविवि उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गर्न लगाई उक्त काम नेविसंघले गरेको भनि दुस्प्रचार गरेर फसाउन खोजिएको घटना खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीले जायज माग राख्दा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिन लगाएको भन्दै नेविसंघले गिरफ्तार गरिएका विद्यार्थीलाई तत्काल रिहा नगरे उपकुलपतिले महँगो मूल्य चुकाउनु पर्ने चेतावनीमेत दिएको छ।

उपकुलपतिले आफूलाई सत्तारुढ पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत गर्न खोजेको भन्दै नेविसंघले त्रिविलाई भर्तिकेन्द्र बनाएको आरोप समेत लगाएको छ।

उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको आरोपमा नेविसंघका नेता सम्झना खत्री, श्याम ओझा, हरि जोशी, विश्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायतका ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

यस्तै पर्साको वीरगन्जमा सबैको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरियोस् भनेर प्रदर्शनमा गरिरहेको बेला प्रहरीले पक्राउ गरी नेविसंघका नेता विकास तिवारीलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको नेविसंघले आरोप लगाएको छ।

साउन २६ गते पक्राउ पश्चात राति रिहा गरिएका तिवारीलाई पुन २८ गते पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेविसंघले तत्काल रिहाई नगरे कडा आन्दोलनमा उत्रने चेतावानी दिएको छ।

 

 

प्रकाशित: Aug 14, 2020| 14:23 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।