बिहीबार, भदौ ११, २०८३

ओली–दाहाल दुई घण्टा छलफल, तर फुकेन गाँठो

१० असारमा सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामाले प्रवेश पाएपछि नेकपा आन्तरिक विवादमा फसेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ। नेताहरुबीच आज दुई घण्टा छलफल भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीचको छलफल सकिएको जानकारी दिए। ‘छलफलमा के–के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भइसकेको छैन,’ उनले भने। आजको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।

२१ साउनदेखि रोकिएको दुई अध्यक्षबीचको संवाद बिहीबारदेखि पुनः सुरू भएको हो। छलफल समाधानउन्मुख दिशामा अघि बढेको नेताहरुले बताइरहेका छन्। तर, विवादको गाँठो फुकिसकेको छैन।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामाले प्रवेश पाएपछि नेकपा आन्तरिक विवादमा फसेको छ।

 

 

प्रकाशित: Aug 14, 2020| 13:30 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।