बिहीबार, भदौ ११, २०८३

ओली–दाहाल फेरि छलफलमा

सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल सुरु भएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल सुरु भएको छ।

दुई अध्यक्षबीच केही बेरअघि छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

२१ साउनदेखि रोकिएको दुई अध्यक्षबीचको छलफल बिहीबारदेखि पुनः सुरु भएको हो। छलफल समाधान उन्मुख दिशामा अघि बढेको नेताहरुले बताएका छन्।

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ५ दिनभित्रमा नेकपा भित्रको विवाद समाधान हुने बताएका थिए।

त्यसलगत्तै बिहीबारदेखि दुईअध्यक्षबीच छलफल सुरु भएको थियो।

बिहीबारको छलफलपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंको थापागाउँमा आफू निकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग छलफल गरेको थियो।

उक्त छलफलमा दाहालले विवाद समाधानका लागि अध्यक्ष ओलीले तीनवटा प्रस्ताव अघि सारेको जानकारी गराएका थिए।

पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव ओलीले राखेको दाहालले आफू निकटका नेताहरुलाई ब्रिफिङमा भनेका थिए।

असार १० गते देखि सुरु भएको पार्टीको स्थायी कमिटीको बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको विवाद चुलिएको हो।

बिहीबार ओलीले राखेको प्रस्तावमा दाहालले आफू निकटका नेताहरुसँग छलफल गरिसकेपछि ओलीसँग आज भइरहेको भेटवार्तामा जवाफ दिने छन्।

दाहाल–नेपाल पक्ष तीनवटा प्रस्तावमा सहमत भएमा नेकपा भित्रको विवाद समाधान हुने देखिएको छ। तर, ती प्रस्तावको आधिकारी धारणा भने बाहिर आइसकेको छैन।

प्रकाशित: Aug 14, 2020| 12:28 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।