शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एक मनकारीले सहयाेग गरे नारायणी अस्पतालमा शव राख्ने फ्रिजर

एक मनकारीले सहयाेग गरे नारायणी अस्पतालमा शव राख्ने फ्रिजर

संघीय सरकार मातहत रहेको वीरगञ्जको नारायणी अस्पतालमा न त शव वाहन छ न त शव राख्ने फ्रिजर नै थियो।
 |  शुक्रबार, साउन ३०, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन ३०, २०७७

vianetvianet

हिन्दु परम्परामा दाहसंस्कारका लागि घाट पुर्‍याइएको शव फिर्ता ल्याइँदैन। तर केही साताअघि कोरोना संक्रमणका मृत्यु भएका पर्साका स्थानीयको शव घाट लग्दालग्दै बाटोबाटै फिर्ता ल्याउनु पर्‍यो।

triton college

फिर्ता ल्याइएका शव राख्न अस्पतालमा फ्रिजर नहुदाँ गर्मीको महिनामा शव गन्हाएर शव कुहिन थाले। शवबाट आएको गन्धले शव व्यवस्थापनको काम गरिरहेका नेपाली सेनाका सैनिक र गण्डक कोभिड अस्पतालको आइसोलेसनमा रहेका विरामीहरू आत्तिए ।

साउनको दोस्रो साता कोरोना संक्रमणबाट मृत्यु भएका ५६ वर्षीय मेवाराम शर्मा, ३५ वर्षिय मुन्ना कुमार कानु र नवलकुमार पाण्डेको शव अन्त्येष्टिका लागि राष्ट्रिय निकुञ्जभित्र लैजाँदै गर्दा केही स्थानीयले विरोध गरेपछि फिर्ता ल्याउनु परेको थियो। त्यसक्रममा मिलन चोकमा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियोे ।

वर्षाको मौसममा र चर्का गर्मीका बेला गत साउन १४, १५ र १६ गते फिर्ता आएका शव व्यवस्थापन गर्न हम्मेहम्मे परेको डा. निरज सिंह बताउँछन्।

संघीय सरकार मातहत रहेको वीरगञ्जको नारायणी अस्पतालमा न त शव वाहन छ न त शव राख्ने फ्रिजर नै थियो। त्यसैले अनुसन्धान प्रक्रियामा रहेका शव, बेवारिसे शव र अहिले कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्न ठूलो समस्या थियो।

National life insurance

समस्या बढ्न थालेपछि सामाजिक सञ्जालमार्फत फ्रिजर दान गर्न सार्वजनिक आह्वान गरियो ।

आह्वान अनुसार एक जना दाताले नारायणी अस्पताललाई ६ वटा शव राख्नमिल्ने एउटा क्याबिनेट सहितको फ्रिजर सहयोग गरेका छन्।

दाताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सहयोग गरेको चिकित्सक सिंहले जानकारी दिए।

कोरोना महामारीले शव व्यवस्थापनमा थप चुनैती पैदा गरेका बेला दाताको सहयोगमा जडान गरिएको फ्रिजरले शव व्यवस्थापन सहज भएको अस्पतालका मेसु डा मदन उपाध्याय बताउँछन्।

 

प्रकाशित: Aug 14, 2020| 11:54 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।