काठमाडौं- सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर ९८ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
हिजो यसको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ तोकिँदा चाँदीको मूल्य प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
