काठमाडौं- एनआईसी एशिया बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।
यस योजनामार्फत ग्राहकले इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधा ल्याएको जनाएको छ ।
बैंकले सिजी डिजिटल, एल जी लाइफ स्टाइल शोपी, इभोलुसन ट्रेडिङ, नियोटेरिक नेपाल, इको इन्फिनिटी, त्रिवेणी व्यापार कम्पनीलगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्री क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको जनाएको छ ।
जसअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्ने जनाइएको छ ।
क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम ३० हजार देखि अधिकतम ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्ने बैंकले जनाएको छ ।
न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गर्न सकिने बैंकले जनाएको छ ।