बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल आजियाटाले ल्यायो ‘अल्ट्रा वाइफाइ सिम प्लस’ अफर

एनसेल आजियाटाले ल्यायो ‘अल्ट्रा वाइफाइ सिम प्लस’ अफर

आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडाैं- आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी–लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।

अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ ।

“सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,” एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । “घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।”

यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक रु ४३० रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् ।

हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढि जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

प्रकाशित: Aug 13, 2020| 17:20 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्