काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६.५३ अंकले घटेको छ।
आज कारोबार भएकामध्ये व्यापार समूहको सूचक बाहेक सबै घटेका छन्।
घटेको बजार १४०८.७९ मा पुगेर रोकिएको हो।
बिहीबार १९१ कम्पनीको ३४ लाख ९ हजार ४६१ कित्ता सेयर १ अर्ब ७ करोड ४३ लाखमा कारोबार भएको छ।
बिहीबार बैंकिङ १.३४, होटल ०.१२, जलविद्युत् १.०७ र निर्जिवन बिमा १.१७ प्रतिशतिले घटेको छ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ७ करोड ३३ लाख २४ हजारको सेयर कारोबार भएको छ। त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर सर्किट लागेको थियो।