बिहीबार, भदौ ११, २०८३

धूमधामसाथ ‘अष्टिम्की’ पर्व मनाउँदै थारू समुदाय

सुर्खेतदेखि कञ्चनपुरसम्मका थारू समुदायले मंगलबार हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्।
 |  मंगलबार, साउन २७, २०७७

भीम चौधरी

भीम चौधरी

मंगलबार, साउन २७, २०७७

धनगढी- सुर्खेतदेखि कञ्चनपुरसम्मका थारू समुदायले मंगलबार हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्। अष्टिम्की पर्व दुई दिन मनाइन्छ। यो पर्व महिलाले मनाउँछन्। उनीहरू अघिल्लो राति दर खाई भोलिपल्ट दिनभर व्रत बस्छन्।

ब्रतालु महिलाले साँझपख घरको भित्तामा विभिन्न पौराणिक चित्र कोरेर पूजा गर्छन्। पूजा सकिएपछि प्रसादका रूपमा फलफूल बाँडेर खाने चलन छ।

अष्टिम्कीको उत्पत्ति ‘अष्टमी–टीका’ बाट भएको कथन छ। श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ। अष्टिम्की’ को अर्थ भदौको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेको खुसीयालीमा टीका लगाउनु हो।

अष्टिम्कीका दिन भित्तामा ‘कान्हा’ को जीवनीमा आधारित चित्र कोरेर पूजा गरिन्छ ।

यसरी मनाइन्छ अष्टिम्की

ब्रतालु महिलाले बिहानैदेखि गाउँको भलमन्साको घरको बहरी अर्थात् बैठक कोठाको उत्तरपट्टिको भित्तामा लिपपोत गर्छन्। श्रीकृष्ण भगवानको चित्रलाई सजाउँछन्।

श्रीकृष्णको दाहिनेपट्टि सूर्य र देब्रेतिर चन्द्रमाको चित्र बनाइन्छ। दोस्रो लाइनमा पाँच पाण्डवको चित्र बनाइन्छ। तेस्रो भागमा डोली, माछा, गंगटा, बाघ, हात्ती, मयूर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने चलन छ।

श्रीकृष्णको जीवनमा आधारित चित्र सजाइसकेपछि गाउँभरका महिला परम्परागत पहिरनमा सजिएर लामबद्ध भई पूजामा सहभागी हुने थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताए।

उनका अनुसार व्रतालु महिलाले प्रसादका रुपमा काँक्रो, कुन्द्रु, अम्बा लगायत फलफूल चढाउँछन्। पूजापछि प्रसादका रूपमा बाँडेर खाने गरिन्छ।

त्यही पूजा कोठामा रातभर पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लीला समेटिएको गीत गाउने प्रचलन छ। संयोजक चोधरीले भने, ‘उनीहरू पूजा सामग्री नजिकका नदी, खोलामा सेलाउन जान्छन्। त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन्।’

घरमा ब्रतालु महिलाका परिवारजनले भात, खरिया, फुलौरी, माछाको सुकुटी, तरकारी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन्। ब्रतालुले ती परिकारको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्छन्।

यसलाई थारू समुदायमा फरहार भनिन्छ। फरहार विवाहित चेलीबेटीलाई अग्रासन (कोसेली) का रुपमा दिन जाने प्रचलन छ।

 

 

प्रकाशित: Aug 11, 2020| 19:14 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।