शुक्रबार, वैशाख २६, २०८२

पर्सामा ६ प्रहरीसहित थप ७१ जनामा कोरोना संक्रमण

पर्सामा सोमबार ६ प्रहरीसहित ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  सोमबार, साउन २६, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

सोमबार, साउन २६, २०७७

vianetvianet

पर्सा- पर्सामा सोमबार ६ प्रहरीसहित ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। निषेधाज्ञाका बेला फिल्डमा ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमित भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनजित कुँवरले बताए।

triton college

उनका अनुसार संक्रमितमध्ये तीनजना थुनुमा रहेर छुटेका व्यक्ति छन्।

नारायणी अस्पतालको पीसीआर ल्याबमा साेमबार गरिएको परीक्षणमा नारायणी अस्पतालको क्वार्टरमा रहेका तीन महिलासहित चारजना, वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ताका दुई महिलासहित १० जना, छपकैया १ का तीन महिलासहित पाँच जनामा संक्रमण भएको छ।

यसैगरी माईस्थान ११ का तीन जना, वडा नम्बर १२, १५ र १० का दुईदुई जना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

वीरगन्ज महानगर वडा नम्बर ३, ६, ७, १३, १६, १७ र कृषि समाग्री लिमिटेडमा गरी एकएक जना संक्रमित थपिएका छन्।

National life insurance

पर्साको धोबनी गाउँपालिकामा एकजना, पर्सागढी नगरपालिकामा तीन जना, पटेर्वासुगौली गाउँपालिकामा एक जना, जिराभवानी गाउँपालिकामा जना, पकहामैनपुर गाउँपालिकामा दुई जना र अमरपट्टीका ३ जना संक्रमित थपिएको सिंहले बताए।

बाराको कलैया उपमहानगरपालिकाका एकजना, परवानीपुरका एकजना, फेटाका एक जना तथा सर्लाहीका एक जनामा संक्रमण भएको छ।

प्रकाशित: Aug 10, 2020| 22:04 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।