बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन्‌राइज बैंकको ४९ औं शाखारहित बैंकिङ सेवा फूलबारी गुल्मीमा

सन्‌राइज बैंकको ४९ औं शाखारहित बैंकिङ सेवा फूलबारी गुल्मीमा

 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

सन्‌राइज बैंकले गुल्मीस्थित मालिका गाउँपालिका–६, फुलबारीमा शाखारहित बैंकिङ् सेवाको सुरुवात गरेको छ ।

सेवाको मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उद्घाटन भएको बैंकले जनाएको छ । बैंकको यो ४९ औं शाखारहित बैंकिङ सेवा हो ।   

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिङ् सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । 

 

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने बैंकले जनाएको छ ।  

हालसम्म सन्‌राइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटीएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

प्रकाशित: Aug 10, 2020| 14:20 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्