बहराईनमा रहेको रेमिट्यान्स कम्पनी बहराईन फाइनान्सिङ कम्पनी बीएफसी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै मोबाइल एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।
नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ ।
इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।