बिहीबार, भदौ ११, २०८३

भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई सेवा नखुल्ने

कोरोना संक्रमणको जोखिम नघटेपछि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात खोल्ने मितिबारे अन्योल थपिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- कोरोना संक्रमणको जोखिम नघटेपछि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात खोल्ने मितिबारे अन्योल थपिएको छ।

साथै आन्तरिक हवाई उडान पनि भदौ १ गतेबाट सञ्चालन नहुने भएको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको बैठकले जोखिम कम नभएको भन्दै भदौ १ गते अन्तर जिल्ला यातायात र हवाई सेवा खोल्ने निर्णय स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ।

सीसीएमसीले विभिन्न जिल्लामा क्वारेन्टिन तथा आइसोलेसनको संख्या बढाउने, जोखिम न्यूनिकरणका लागि अन्य उपायहरु खोज्ने लगायतका विषयमा छलफल गरेको छ।

सीसीएमसीको प्रस्तावमा सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्णय गर्नेछ।

पछिल्लो समय जोखिम बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहर बन्द गरेका छन्।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ।

प्रकाशित: Aug 09, 2020| 21:00 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।