सोमबार, असार २९, २०८३

प्रिमियर लिग : गोललाइन प्रविधिको सुधार हुने

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)का रेफ्रीहरुले गोललाइन प्रविधिको त्रुटीबारे सुधार गर्ने बताएका छन्। सेफिल्ड युनाइट र एस्टोन भिल्लाको बुधबार राति सम्पन्न खेलमा विवादित गोलको अध्ययनका क्रममा रेफ्रीले गोललाइन प्रविधिबारे यस्तो बताएका हुन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)का रेफ्रीहरुले गोललाइन प्रविधिको त्रुटीबारे सुधार गर्ने बताएका छन्। सेफिल्ड युनाइट र एस्टोन भिल्लाको बुधबार राति सम्पन्न खेलमा विवादित गोलको अध्ययनका क्रममा रेफ्रीले गोललाइन प्रविधिबारे यस्तो बताएका हुन्।

बुधबार रातिको खेलमा निर्धारित ९० मिनेटसम्म पनि गोल नभएपछि एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडले अंक बाँडेका थिए। तर, ४२ औं मिनेटमा भएको मुभलाई लिएर फुटबल समर्थकले प्रश्न उठाएका छन्।

जतिबेला भिल्लाका गोलकिपर ओर्जन न्याल्यान्डले ओलिभरको फ्रिकिक गोल गोललाइन भित्र पुर्याएका थिए। उनले गोललाइन बाहिरै बल समातेको भए पनि अन्य खेलाडीसँग ठोक्किएर लाइनभित्र पुगेका थिए।

तर रेफ्री माइकेल ओलिभरले गोलको कुनै संकेत देखाएनन्। यो प्रसंगलाई इंगित गर्दै धेरै फुटबल समर्थकले गोललाइन प्रविधिबारे व्यंग्य समेत गरे। साथै लिगको गोललाइन प्रविधिको प्राविधिक कम्पनी हक आईले गोलको विषयलाई लिएर कम्पनी दुःखी भएको जनाएको छ।

‘बल गोललाइनको पछि पुगेको थियो। तर गोल मान्य हुन सकेन। यस विषयमा हामी दुःखी छौँ र माफी माग्न चाहन्छौँ,’ आईले भन्यो, ‘कम्पनीका नौ हजार भन्दा धेरै खेलमा यस्तो त्रुटी भएको थिएन। यस्तो पहिलो पटक हुन गयो।’

कम्पनीका अनुसार सो खेलमा सात क्यामेराले गोलको निरीक्षण गरिरहेका थिए।

प्रोफेसनल गेम म्याच अफिसियल लिमिटेड(पीजीएमओएल)ले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)लाई असर नपर्ने गरि गोलबारे पुनर्विचार गर्ने बताएका छन्।

अब पीजीएमओएलले आउँदा दिनमा यस्तो अवस्था आए कसरी ह्यान्डल गर्नेबारे कुराकानी गर्ने पनि बताएको छ। त्यस्तै ईपीएलको अर्का रेफ्री मार्क क्लाटेन्बर्गले यसलाई मौलिक त्रुटी भएको बताएका छन्।

बुधबार राति सम्पन्न खेल प्रिमियर लिगमा सय दिनपछि भएको खेल थियो। कोरोनाको महामारीका कारण रोकिएको लिग बुधबार एस्टोन भिल्ला र सेफिल्ड युनाटेडको खेलसँगै सुरु भएको छ।

प्रकाशित: Jun 19, 2020| 12:18 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।