बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको त्रास बढेपछि कर्णाली प्रदेशमा समुदायस्तरमा परीक्षण

कोरोनाको त्रास बढेपछि कर्णाली प्रदेशमा समुदायस्तरमा परीक्षण

कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ। पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो।
 |  आइतबार, साउन २५, २०७७

देव राना

देव राना

आइतबार, साउन २५, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ। पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो।

National life

समुदायका २ हजार ४५२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये सुर्खेतमा समुदायका २ हजारको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये झण्डै ४० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै दैलेखमा समुदायका ४५२ जनामा कोरोना परीक्षण गरिएको छ। पीसीआर रिपोर्टअनुसार दैलेखमा पनि कोरोना संक्रमण समुदायमा फैलिएको छैन।

‘क्वारेन्टिनभन्दा बाहिरका व्यक्तिमा पनि कोरोना देखिएको छ तर समुदायमै कोरोना पुगिसकेको छैन’ जनस्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मी भन्छन्, ‘लकडाउन खुलेपछि संक्रमण फैलिने उच्च जोखिम देखिन्छ।’ दैलेखले समुदायस्तरका गाउँपालिकाबाट ७० जना र नगरपालिकाबाट ८० जनाको पीसीआर परीक्षण गरिएको थियो।

समुदायमा परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतका २ जना र दैलेखका ३ जना छन्। दैलेखको आठविस नगरपालिकाका २ जना र भगवतीमाइ गाउँपालिकाका १ जना छन्।

Shivam cement

प्रदेशको मुख्य नाका भएका कारण कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत सबैभन्दा उच्च जोखिममा परेको हो।

‘सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमित क्षेत्रबाट दिनदिनै नागरिक गाउँ फर्किरहेका छन्,’ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्ले भन्छन्, ‘संक्रमित क्षेत्रबाट आउने नागरिककै कारण सुर्खेत कोरोना संक्रमणको उच्च जोखिममा छ।’

अहिले पनि भारत र तराई जिल्लाबाट गाउँ फर्कने क्रम रोकिएको छैन। संक्रमित क्षेत्रबाट आएको होइन भनेर ढाँट्ने क्वारेन्टिनमा बस्न गाह्रो मान्ने व्यक्तिका कारण संक्रमण फैलिने उनको तर्क छ।

प्रकाशित: Aug 09, 2020| 20:20 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।