काठमाडौं- भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मेकोमा कुनै शंंका नरहेको जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्त अनुराग श्रीवास्तवले पत्रकारको प्रश्नको जवाफ दिंदै बुद्ध जन्मभूमिबारे स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘गौतम बुद्ध लुम्बिनीमा जन्मिएको बारे कुनै शंका छैन, जुन नेपालमा पर्छ।’
यसअघि शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा गौतम बुद्ध महान भारतीय भएको बताएका थिए।
त्यसको प्रतिक्रिया स्वरुप नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषयमा कुनै विवाद नै नरहेको उल्लेख गरेको थियो ।
त्यसलगत्तै भारतीय विदेश मन्त्रालयको पनि बुद्ध नेपालको लुम्बिनीमै जन्मेको बारे कुनै शंका नरहेको प्रतिक्रिया आएको हो।