सोमबार, भदौ ८, २०८३

वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा

वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको कोरोना बीमा गरिएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको कोरोना बीमा गरिएको छ ।

प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड –१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको बीमा गरिएको हो ।

कोरोना भाइरसको पिसिआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमित पत्रकारले रु एक लाखको बीमा युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने जनाइएको छ । कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरे। सो बीमाबाट पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न सहयोग पुग्ने विश्वास रजिष्ट्रार सापकोटोले व्यक्त गरे।

मन्त्रालयले एक हजार पत्रकारको बीमा गर्ने लक्ष्य राखेको छ । प्रदेशका १३ वटै जिल्लामा क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको रजिष्ट्रार सापकोटाले जानकारी दिए।

रासस

प्रकाशित: Jun 19, 2020| 06:22 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।