सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनसँग असहमति बढेपछि अमेरिका भ्रमण गर्दै टर्कीका राष्ट्रपति

बाइडेनसँग असहमति बढेपछि अमेरिका भ्रमण गर्दै टर्कीका राष्ट्रपति

राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असहमति बढेपछि सम्बन्ध सुधारका लागि उनी न्युयोर्क जान लागेको जनाइएको छ।
 |  आइतबार, असोज ३, २०७८

अलजजिरा

अलजजिरा

आइतबार, असोज ३, २०७८

इस्तानबुल- राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असहमति बढेपछि सम्बन्ध सुधारका लागि उनी न्युयोर्क जान लागेको जनाइएको छ। 

टर्कीले रुसी मिसाइ खरिद गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आलोचना गर्दै 'कथित साझेदार'को संज्ञा दिएका थिए। तर, गत महिना तालिबानले अफगानिस्तान कब्जा गरेपछि ब्लिन्केनले ट्विट गर्दै टर्की महत्वपूर्ण नाटो गठबन्ध र क्षेत्रको महत्वपूर्ण साझेदार भएको बताएका थिए। 

अमेरिकी अभिव्यक्तिमा आएको अचानकको परिवर्तनपछि यही मौकामा अमेरिकासँगको सम्बन्धलाई सुधार गर्ने भन्दै एर्दोआनले अमेरिका भ्रमण गर्न लागेको जनाइएको छ। 

संयुक्त राष्ट्र संघको ७६ औं महासभामा भाग लिने मौका पारेर उनी अमेरिका जान लागेका हुन्। उनले जो बाइडेनसँग भेट गरेर अफगागनिस्तानमा टर्कीले पनि ठूलो भूमिका खेल्नसक्ने कुरामा विश्वास दिलाउने प्रयास गर्ने बताइएको छ। 

यसअघिको नाटो सम्मेलनका क्रममा एर्दोआनले जुनमा बाइडेनलाई काबुल विमानस्थलको सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए। उनीहरुबीच हतियार खरिदका विषयमा उत्पन्‍न असहमतिका प्रसंगमा पनि छलफल हुने बताइएको छ। 

kumari

प्रकाशित: Sep 19, 2021| 23:00 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।