बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपित एसएसपी अधिकारीविरुद्धको मुद्दा अदालत पेश

बलात्कार आरोपित एसएसपी अधिकारीविरुद्धको मुद्दा अदालत पेश

जिल्ला सरकारी वकिल कार्यालयमार्फत आइतबार अधिकारीविरुद्धको अभियोग दर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत आइतबार अधिकारीविरुद्धको अभियोग दर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ।

अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले आइतबार अबेर अदालतमा पेश गरेकाले अभियोगपत्र दर्ता गर्ने काममात्र भएको जानकारी दिए।
उपाध्यायले सोमबार अधिकारीको बयानपश्चात थुनामा राख्ने कि तारेखमा छोड्ने भन्ने बिषयमा थुनछेक बहस हुने बताए। प्रहरीले घटनाबारे अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

भरतपुर चितवनकी एक महिलालाई अधिकारीले आफ्नो क्वार्टरमा खाना खान बोलाएर बलात्कार गरेको उजुरी परेपछि असार ३१ गते प्रहरीले पक्राउ गरेको थियो।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत थिए। उनको सरुवासमेत भैसकेको थियो।

सम्बन्धित समाचार

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

प्रकाशित: Aug 09, 2020| 17:22 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।