आइतबार, भदौ ७, २०८३

साँखु क्षेत्रबाट राजधानी छिर्न प्रतिबन्ध

उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडाैं- उपत्यकामा कोराेना भाइरस संक्रमणा बढ्न नदिन राजधानी छिर्ने उत्तरपूर्वी नाका साँखुमा थप कडाइ गरिएको छ। सिन्धुपाल्चोक र काभ्रेबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका पूर्ण रुपमा बन्द गरिएका छन्।

वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो ।

बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटी परीक्षणका क्रममा १२ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०ः बजेदेखि सिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए। 

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परीक्षण गरिएको थियो। आरडिटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टिनमा राखिएको छ।

कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठबाट उपत्यका भित्रने नाकामा पनि कडाइ गरिएको छ। तीनै नगरपालिका क्षेत्रमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मार्ग हुँदै सवारी र पैदलयात्रासमेत गरेर सिन्धुपाल्चोक र नुवाकोट आवतजावत हुने गरेको छ।

 

प्रकाशित: May 22, 2020| 21:10 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।