बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न र कारोबार नभएका शाखाहरुको दैनिक रुपमा नेपाल राष्ट्र बैंकमा रिपोर्टिङ गर्न पनि निर्देशन दिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालो काममा लगाउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। त्यसका लागि ‘बिजनेस कन्टिन्युटी प्लान’ बनाएर लागू गर्न उसले निर्देशन दिएको हो।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गरी आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालोको व्यवस्था मिलाउन भनेको छ। सरकारले लागू गरेको जोरबिजोर प्रणाली अवलम्बन गरी विशेष परिस्थितिमा घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न र कारोबार नभएका शाखाहरुको दैनिक रुपमा नेपाल राष्ट्र बैंकमा रिपोर्टिङ गर्न पनि निर्देशन दिएको छ।

केन्द्रीय बैंकले प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि निर्देशन दिएको छ ।

 

प्रकाशित: Aug 09, 2020| 17:07 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्