मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उपचार नगर्ने निजी अस्पताल, चोट खाने उपचारमा खट्ने डाक्टर

उपचार नगर्ने निजी अस्पताल, चोट खाने उपचारमा खट्ने डाक्टर

पर्सामा उपचार नपाएर एक बिरामीको मृत्यु भएको घटनापछि स्थानीयहरु उग्र प्रदर्शनमा उत्रिएका छन्।
 |  आइतबार, साउन २५, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, साउन २५, २०७७

पर्सा- पर्सामा उपचार नपाएर एक बिरामीको मृत्यु भएको घटनापछि स्थानीयहरु उग्र प्रदर्शनमा उत्रिएका छन्।

National life

प्रदर्शनकारीको आक्रोशित भिडले कोरोना संक्रमितको उपचारमा खटेका चिकित्सकको गाडी फुटाइदिएको छ।

शनिबार उपचार नपाएर मृत्यु भएको विरोधमा नारायणी अस्पतालको ओपीडी सेवा खुलाउन अस्पताल पुगेका प्रदर्शनकारीहरुले चिकित्सकको गाडी फुटाइदिएका हुन्।

वीरगंजका आधा दर्जन निजी संस्थाले गेटबाटै फर्काइदिएको र अन्तमा उपचार गर्न अस्पताल बोलाएका डा. उदय नारायण सिंहकै गाडी प्रदर्शनकारीले फुटाइदिएको अस्पताल स्रोतले जानकारी दियो।

समुदायस्तरमा फैलिएको कोरोनाको डरले निजी अस्पतालले उपचार गर्न नमानेपछि यसको जनस्तरमा ठूलो विरोध हुँदैछ।

Laxmi sunrise bank
kumari

अस्पताल खुलाउन गएका प्रदर्शनकारीलाई प्रहरीले रोक लगाए पनि चिकित्सककै गाडी फुटाइदिए। आज १६ दिनदेखि जारी निषेधाज्ञाले उपचार नपाएर समान्यखालका विरामीसमेत गम्भीर बिरामी हुन थालेका छन्।

प्रकाशित: Aug 09, 2020| 15:30 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।