बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १९ दिनपछि सुनको रेकर्डमा ब्रेक, तोलामा ९०० रुपैयाँ घट्यो

१९ दिनपछि सुनको रेकर्डमा ब्रेक, तोलामा ९०० रुपैयाँ घट्यो

यही साउन ७ गतेयता रेकर्ड कायम भइरहेको सुनको मूल्यमा १९ दिनपछि ब्रेक लागेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- यही साउन ७ गतेयता रेकर्ड कायम भइरहेको सुनको मूल्यमा १९ दिनपछि ब्रेक लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर एक लाख दुई हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य एक लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँ नै घटेर एक लाख दुई हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ४१० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साउन ७ गते छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ (त्यतिबेलासम्मको सर्वाधिक) कायम भएको थियो। त्यसयता सुनको मूल्य दिनहुँ बढिरहेको थियो।

प्रकाशित: Aug 09, 2020| 10:41 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्