बिहीबार, भदौ ११, २०८३

बुद्ध एयरले सार्वजनिक गर्‍यो ७ गन्तव्यको भाडादर

वायु सेवा कम्पनी बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– वायु सेवा कम्पनी बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको छ।

१ भदौदेखि सुरु हुने आन्तरिक तथा बाह्य उडानलाई केन्द्रित गर्दै बुद्धले एकतर्फी भाडादर सार्वजनिक गरेको हो।

बुद्धले विषम् परिस्थितिमा यात्रुलाई सजिलै यात्रा गर्ने अवसर दिनको लागि न्यून भाडादर तोकिएको जनाएको छ।

नयाँ भाडादरअनुसार सबैभन्दा सस्तो पोखराको १ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै सबैभन्दा बढी धनगढीको भाडादर ५ हजार ४०० छ।

त्यस्तै विराटनगर ३ हजार, नेपालगञ्ज ४ हजार २०० र भद्रपुर ३ हजार ४०० मा एकतर्फी यात्रा गर्न सकिनेछ। भैरहवा र जनकपुरको लागि समान २ हजार ७०० भाडा तोकिएको छ।

यात्रुको पहिचानको लागि डिजिटलाइज्ड एकद्धार प्रणाली अपनाइएको र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेको बुद्धले जनाएको छ।

बुद्ध एयरका अनुसार यात्राका क्रममा तापक्रम जाँच, ह्याण्ड स्यानिटाइज तथा फेससिल्डको प्रयोग अनिवार्य गरिएको छ।

 

प्रकाशित: Aug 07, 2020| 14:13 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्