बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज तोलाको १,०३,५००

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- करिब तीन सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यो मूल्य एक हजार रुपैयाँ बढी हो।

हिजो बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४०५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। उक्त दिन छापावाल सुन तोलाको एक हजार ३०० सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो। त्यसयता आठ हजार ८०० रुपैयाँ बढिसकेको छ।

 

प्रकाशित: Aug 07, 2020| 10:37 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्