बिहीबार, मंसिर १८, २०८२

पर्सामा ४४ थुनुवासहित १३५ जना कोरोना संक्रमित थपिए

पर्सामा एकैदिन ४४ थुनुवासहित थप १३५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  शुक्रबार, साउन २३, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन २३, २०७७

वीरगन्ज- पर्सामा एकैदिन ४४ थुनुवासहित थप १३५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

National life

वीरगन्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा आज १४३ जनामा कोरोना संक्रमण देखिएको हो। अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार आज थपिएका संक्रमितमध्ये पर्साका १३५ जना छन्। यस्तै, बारा तथा रौतहटका चार/चार जना रहेको उनले जानकारी दिए।

पर्साका प्रहरी नायब उपरीक्षक मन्जित कुँवरले कन्ट्याक्ट ट्रेसिङका क्रममा ४४ थुनुवामा कोरोना संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार संक्रमितहरु वीरगन्ज महानगरपालिकास्थित प्रहरी चौकी, ईनर्वा तथा वडा प्रहरी कार्यालय श्रीपुर र विर्ताका थुनुवा छन्।

एकै वडाका २७ जना

वीरगन्ज महानगरपालिका–२५, खलवाटोल सिर्सियाका २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

Laxmi sunrise bank
kumari

यसैगरी, वीरगन्ज महानगरपालिका–१०, आदर्शनगर र अशोक बाटिकाका ६ महिलासहित गरी ११ जना, चिनिमेलका दुई महिलासहित चार जना, वीरगन्ज ११ का दुई जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरी, वीरगंज महानगरपालिका–१३, तेजारथ टोल, मुर्ली-१२, भिष्वा-१५, घडिअर्वा-१०, पिपरा, गण्डक लगायतका एक/एक जना संक्रमित थपिएका छन्।

बारामा कलैया, चिउटाहा, लिपनिमाल–३ र जितपुरका एक/एक जना संक्रमित थपिएका छन्। रौतहटको ईशनाथ नगरपालिका रौतहटका २ महिलासहित तीन जना र गौर नगरपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ।

पर्सामा संक्रमित थपिँदै गए पनि आइसोलेसन बेड अभाव छ, जसका कारण संक्रमित समस्यामा छन्।

प्रकाशित: Aug 07, 2020| 10:29 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।