बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा युवा नेता सिंहको आईसीयूमा उपचार हुँदै

वीरगन्जमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा युवा नेता सिंहको आईसीयूमा उपचार हुँदै

एकोहोरो खोकी लागेपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। तर, उनी ढुक्क हुन सकेनन्।
 |  शुक्रबार, साउन २३, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन २३, २०७७

पर्सा- नेकपा पर्साका युवा नेता अरविन्द सिंहलाई गएको मंगलबार एक्कासि खोकी लाग्न सुरु भयो।

National life

एकोहोरो खोकी लागेपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। तर, उनी ढुक्क हुन सकेनन्।

बुधबार नेता सिंहलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगियो। हाल काठमाडौंको मेडिसिटी अस्पतालको आईसीयूमा उपचाररत सिंहको पीसीआर रिपोर्ट पोजेटिभ आएको काठमाडौंस्थित ल्याबलाई उद्धृत गर्दै नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए।

मंगलबार वीरगन्जको कोभिड अस्पताल गण्डकमा भर्ना भएर उपचार गराइरहेका सिंहको रिपोर्ट नारायणी अस्पतालको पीसीआर ल्याबमा नेगेटिभ आएपछि बुधबार प्रभु हस्पिटल रेफर गरिएको थियो । प्रभु हस्पिटलमा पनि खोक्ने समस्यामा सुधार नभएकाले बुधबार नै हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको हो।

काठमाडौंको अस्पतालमा भर्ना भएलगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो। हाल सिंहको अवस्था सुधारोन्मुख रहेको उनीसँगै रहेका राजन श्रीवास्तवले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2020| 05:38 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।